दफा ३०
पारदर्शीता कायम गर्नुपर्ने
(१) नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले वित्तीय व्यवस्थापन सम्बन्धी काम कारबाही यस ऐन र प्रचलित कानून बमोजिम पारदर्शी रूपमा गर्नु पर्नेछ ।
(२) नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले आय व्यय विवरणको लेखा प्रचलित कानून बमोजिम लेखापरीक्षण गरी पन्ध्र दिनभित्र तत्सम्बन्धी विवरण सार्वजनिक गर्नु पर्नेछ ।
(३) नेपाल सरकार, प्रदेश तथा स्थानीय तहले बजेट कार्यान्वयनको वार्षिक समीक्षा गरी तत्सम्बन्धी विवरण प्रत्येक वर्षको कार्तिक मसान्तभित्र सार्वजनिक गर्नु पर्नेछ ।
(४) नेपाल सरकारले प्रदेश तथा स्थानीय तह समेतको आर्थिक विवरणको आधारमा एकीकृत आर्थिक विवरण तयार गरी प्रत्येक वर्षको पुस मसान्तभित्र सार्वजनिक गर्नु पर्नेछ ।